३१ जेठ २०८३, आइतबार

बुटवलको डेल्टा मार्टमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा

असार ७, २०८१
काठमाडौं
बुटवलको डेल्टा मार्टमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा

बुटवलको मिलनचोकस्थित डेल्टा मार्टमा लागेको आगो नियन्त्रणमा आएको छ । तीन तले मार्टको माथिल्लो तलाबाट शुरू भएको आगलागी झण्डै पाँच घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । मार्टमा बिहीबार साँझ आगलागी भएको थियो । 

विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । मार्टको वरपर घना बस्ती भएकाले बस्ती जोगाउन वारुणयन्त्र प्रयोग गरिएको थियो तर, मार्टमा भने पूर्णरूपमा क्षति पुगेको छ ।

आगो निभाउन रुपन्देहीको तिलोत्तमा, सैनामैना, सिद्धार्थ, देवदह, सुनवल नगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दमकल ल्याइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) विजयराज पण्डितले बताए । 

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र, स्थानीयको प्रयासका कारण बस्तीमा आगा सल्कनबाट जोगिएको उनको भनाइ छ । 

आगलागीबाट करोडौँ रकम बराबरको क्षति भएको अनुमान गरिएको तर, यकिन विवरण नआइनसकेको ​प्रहरीले जनाएको छ । 

 

salt training

कमेन्ट गर्नुहोस्