०३ साउन २०८३, आइतबार

‘भीमप्रसाद गौतम व्यक्ति एक दृष्टि अनेक’ कृति लोकार्पण

असार ८, २०८१
काठमाडौं
‘भीमप्रसाद गौतम व्यक्ति एक दृष्टि अनेक’ कृति लोकार्पण

आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानद्वारा प्रकाशित ‘भीमप्रसाद गौतम व्यक्ति एक दृष्टि अनेक’ कृति लोकार्पण गरिएको छ । 

शुक्रबार भक्तपुरमा आयोजित कार्यक्रममा संस्कृतिविद् प्राज्ञ डा. जगमान गुरुङ, समीक्षक र लेखकहरूले संयुक्तरुपमा उक्त पुस्तकको लोकार्पण गरेका हुन् ।

कार्यक्रममा प्राज्ञ डा. गुरुङले पुस्तकले धर्म, संस्कृति, परम्परा र सङ्घर्षलाई उजागर गरेको चर्चा गरे ।

विभिन्न लेखकले गौतमप्रति गरेको श्रद्धा भावले उनको योगदानको उच्च मूल्याङ्कन गरेको भन्दै गौतम बहुआयामिक व्यक्तित्व भएको तथ्य पुस्तकले झल्काएको उनले बताए । 

तत्कालीन बेलाको सङ्घर्ष, संस्कृतिको संरक्षण र संस्कारलाई आत्मसात गर्दै बहुआयामिक व्यक्तित्वको रुपमा पहिचान बनाएका गौतमको जीवनका अनेकौं आयामलाई पुस्तकले उजागर गरेको प्राज्ञ डा. गुरुङले बताए ।

उनले पुस्तकले संस्कृति, संस्कारका साथै सङ्घर्षका विषयमा अध्ययन गर्न चाहनेलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

पुस्तकका समीक्षक वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पुस्तक अध्ययन सकिँदा सिङ्गो भोजपुरलाई बुझ्न सकिने बताए ।

उनले त्यस बेलाको सङ्घर्ष, रहनसहन, संस्कृतिलगायत जीवनशैलीलाई पुस्तकले उजागर गरेको भन्दै यसको अध्ययनबाट धेरै ऊर्जा प्राप्त गर्न सक्ने धारणा राखे ।

salt training

कमेन्ट गर्नुहोस्