११ असार २०८३, बिहीबार

टिपरको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु, चालक पक्राउ

असार ८, २०८१
काठमाडौं
टिपरको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु, चालक पक्राउ

काठमाडौं महानगरपालिका–३२ जडीबुटीस्थित आकासेपुल नजिक सडकमा टिपर र स्कुटर ठोकिएर घाइते भएकी महिलाको मृत्यु भएको छ ।​

बा ३ क ३०५३ नम्बरको टिपर र बा प्र ०२–०३९ प ९९५२ नम्बरको स्कुटर शुक्रबार एक-आपसमा ठोकिँदा स्कुटरमा सवार ललितपुर सानागाउँ बस्ने ४३ वर्षीया लक्ष्मीदेवी श्रेष्ठ घाइते भएकी थिइन् ।

दुर्घटनामा गम्भीर घाइते भएकी श्रेष्ठको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको प्रवक्ता कार्कीको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्