काठमाडौं, ५ कात्तिक, पहिलो चरण अन्तर्गत मंसिर १० मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि दलहरुले मनोनय दर्ता गरेका छन् ।
३२ जिल्लाका ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभाका लागि दहरुले उम्मेदवारी दर्ता गराएका हुन् । नेकपा एमाले र माओवादी केन्द्रलगायतका दलको वाम गठवन्धनले संयुक्तरुपमा नै जिल्ला निर्वाचन कार्यलयमा गएर उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली कांग्रेसले सिन्धुपाल्चोकमा राप्रपा लोकतान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणसँग चुनावी तालमेल गरेको छ । जसअनुसार एक नम्बर निर्वाचन क्षेत्रका लागि मोहन बस्नेत र दुई नम्बरबाट पशुपति शमशेर राणाले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै गोरखामा बाबुराम भट्राइलाई गोरखाको दुई नम्बरमा सहयोग गरेको नेपाली कांग्रेसले १ नम्बरमा नयाँशक्तिको साथ पाएको छ । उम्मेदवारी दर्तामा उनीहरु एकैस्थानमा भेला भएर मनोनयन दर्ता गराउन पुगेका थिए । बाबुरामविरुद्ध लड्न लागेका माओवादी केन्द्र र एमालेका संयुक्त उम्मेदवार नारायणकाजी बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगेका थिए ।
अन्य वाम गठवन्धनका उम्मेदवारहरुसमेत संयुक्त व्यानरसहित आ–आफ्नो निर्वाचन कार्यालमा उम्मेदवारी दर्ता गर्न गएका थिए । केही तस्वीर