
भारतीय लोकसभाको सभामुख (स्वीकर)मा पुन: ओम बिरला निर्वाचित भएका छन् । बिरला लगातार दोस्रोपटक लोकसभाको सभामुख बनेका हुन् । बिरला राजस्थानबाट प्रतिनिधित्व गर्ने सांसद हुन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उनको नाम प्रस्ताव गरेपछि अमित शाह, नितिन गडकरी, राजनाथ सिंहले समर्थन गरेका थिए । एनडीएका गुटका नेताहरूले पनि यो प्रस्तावलाई समर्थन गरेका छन् ।
सभामुख बनेपछि प्रधानमन्त्री मोदी र राहुल गान्धीले बधाई दिएका छन् ।
बिरलाभन्दा अगाडि बलराम जाखडले पाँच वर्षको कार्यकाल पूरा गरेर फेरि सभामुख पद पाएका थिए ।