१० असार २०८३, बुधबार

प्रचण्डविरुद्ध परेको अदालतको मानहानी मुद्धामा भोलि अन्तिम सुनुवाई, दोषी ठहरिए एकबर्ष कैद !

कात्तिक २०, २०७४
प्रचण्डविरुद्ध परेको अदालतको मानहानी मुद्धामा भोलि अन्तिम सुनुवाई, दोषी ठहरिए एकबर्ष कैद !
काठमाडौं ५ कात्तिक– अदालतको मानहानी गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि सोमवार अन्तिम सुनुवाइ हुने भएको छ ।
Prachand-and-Maoist
अदालतको आदेश विरुद्ध अभिव्यक्ति दिएको भन्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले २०७३ साल जेठमा सर्वोच्चमा मुद्धा हालेका थिए ।

सत्यनिरुपण आयोगको क्षेत्राधिकार सम्बन्धमा सर्वोच्चले गरेको निर्णय विरुद्ध प्रचण्डले दिएको अभिव्यक्तिले अदालतको मानहानी गरेको भन्दै रिट दायर भएको थियो । माओवादी घटकहरुको एक कार्यक्रममा प्रचण्डले ‘शान्ति प्रक्रियाको भावना विपरित जान अदालतलाई कसले छुट दियो ? अदालतको आदेश मान्दैनौ’ जस्ता अभिव्यक्ति दिएको दावी सो रिटमा गरिएको छ ।

अदालतको मानहानीमा दोषी ठहरिए प्रचण्डलाई न्यायपरिषद् ऐन २०७३ को दफा १७ को उपदफा १ अनुसार एकबर्ष कैद र १० हजार जरिवाना हुने कानूनी व्यबस्था रहेको अधिवक्ता त्रिपाठीले लोकान्तरलाई जानकारी दिए ।
सुनुवाइ सकिएर भोलि नै अन्तिम फैसला आउने सम्भावना रहेको त्रिपाठीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्