२८ जेठ २०८३, बिहीबार
माध्यामिक शिक्षा परीक्षा

एसईईको नतिजा सार्वजनिक, ५२.१४ प्रतिशत परीक्षार्थी ‘ननग्रेड’

असार १३, २०८१
काठमाडौं
एसईईको नतिजा सार्वजनिक, ५२.१४ प्रतिशत परीक्षार्थी ‘ननग्रेड’

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । कार्यालयले बिहीबार बिहान नतिजा सार्वजनिक गरेको हो । ‘लेटर ग्रेडिङ’ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरिएको हो । 

परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागी भएका चार लाख ६४ हजार सात सय ८५ जनामध्ये ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । 

यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अंकको परीक्षामा ३५ प्रतिशत अर्थात् २६ दशमलव २५ अंक अनिवार्य ल्याउनैपर्ने अन्यथा अनुत्तीर्ण भएको ‘एनजी’ उल्लेख गरिएको ‘ग्रेडसिट’ तयार गरिएको छ । 

१८६ जनाले ४ जीपीए ल्याएका छन् ।

५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।

उनीहरूले पुनः ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्नेछ । दुई सय २१ जनाको परीक्षा रद्द भएको उनले जानकारी दिए । 

लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार सैद्धान्तिक र आन्तरिकको मूल्यांकन फरक–फरक रूपमा गर्ने व्यवस्था छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ ।

७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक र आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अंक ल्याउनुपर्नेछ । लेटर ग्रेडिङ निर्देशिका अनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रूपान्तरण गरेर नतिजा प्रकाशन भएको छ ।

परीक्षा १५ चैतदेखि २७ चैतसम्म भएको थियो ।

गत चैत १५ गतेदेखि शुरू भएको एसएईईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।

नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरिएको छ । वेबसाइट, एसएमएस र आइभीआरबाट नतिजा हेर्न सकिने बोर्डले जनाएको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्