०९ असार २०८३, मंगलबार

नेपाल टेलिकमबाट यसरी हेर्नुहोस् एसईईको रिजल्ट

असार १३, २०८१
काठमाडौं
नेपाल टेलिकमबाट यसरी हेर्नुहोस् एसईईको रिजल्ट

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । कार्यालयले बिहीबार बिहान नतिजा सार्वजनिक गरेको हो । ‘लेटर ग्रेडिङ’ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरिएको हो । 

नतिजा विभिन्न माध्यमबाट हेर्न सकिन्छ ।

नेपाल टेलिकमले एसईई परीक्षाको नतिजा प्राप्त गर्नका लागि विभिन्न व्यवस्था गरेको छ ।

परीक्षाको नतिजा आईभीआर, एसएमएस तथा वेबसाइटमार्फत् प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।

नतिजाका लागि नेपाल टेलिकमको ल्यान्डलाइन वा मोबाइल फोन प्रयोग गर्न सकिने छ । यसअनुसार सिधै १६०० डायलगरी प्राप्त निर्देशन अनुसार गरेमा नतिजा थाहा पाउन सकिने छ ।

त्यसैगरी मोबाइलको म्यासेज बक्समा अंग्रेजी अल्फाबेट एसईई लेखेर खाली ठाउँ छोडी सिम्बल नम्बर (SEE <space> <symbol number>) टाइप गरी १६०० मा सन्देश पठाएर पनि नतिजा थाहा पाउन सकिने टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमको वेबसाइट https://see.ntc.net.np/ मार्फत् मार्कसिट सहितको नतिजा प्राप्त गर्न सकिने छ ।

salt training

कमेन्ट गर्नुहोस्