२४ जेठ २०८३, आइतबार

नापी कार्यालयका सर्वेक्षक तेलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

असार १३, २०८१
काठमाडौं
नापी कार्यालयका सर्वेक्षक तेलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको चन्द्रौटास्थित नापी कार्यालयका सर्वेक्षक बेचनप्रसाद गुप्ता तेलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

३५ हजार रुपैयाँ घुस लिएको आरोपमा तेलीमाथि बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 

जग्गा कित्ताकाट गरी बिक्री तथा अंशबण्डा गर्ने प्रयोजनार्थ तेलीले एक सेवाग्राहीबाट ३५ हजार घुस लिएको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्