२५ जेठ २०८३, सोमबार

सिंगापुरमा १०० किलोवाटको बीवाईडी सील सार्वजनिक, फूल चार्जमा ५३० सय किमी गुड्ने

असार १४, २०८१
काठमाडौं
सिंगापुरमा १०० किलोवाटको बीवाईडी सील सार्वजनिक, फूल चार्जमा ५३० सय किमी गुड्ने

चीनको इलेक्ट्रिक कार निर्माता बीवाईडीले हालै सिंगापुरमा आफ्नो नयाँ इलेक्ट्रिक सेडान सील सार्वजनिक गरेको छ ।

१०० किलोवाट मोटर भएको यो गाडी विशेषगरी श्रेणी 'ए' को सर्टिफिकेट अफ इन्टाइटलमेन्टका लागि उपयुक्त छ रहेको कम्पनीको दाबी छ ।

यो सिंगापुरका उपभोक्ताहरूको लागि सुलभ र आकर्षक विकल्प रहेको कम्पनीले जनाएको छ ।

यसको डिजाइन आकर्षक र आधुनिक छ, जसमा एडभान्स्ड ब्याट्री टेक्नोलोजी प्रयोग गरिएको छ । यसमा ८२ दशमलव ५ किलोवाट क्षमताको ब्याट्री छ, जसले ५३० किलोमिटर सम्मको ड्राइभिङ रेन्ज प्रदान गर्न सक्छ ।

यो गाडीले २०४ हर्सपावर र ३१० न्युटनमिटर टर्क उत्पन्न गर्न सक्छसाथै, यो गाडी ७ दशमलव ५ सेकेन्डमा शून्य देखि १०० किलोमिटर प्रतिघन्टाको स्पीडमा पुग्न सक्छ ।​

सिंगापुरको बजारमा प्रवेश गर्नुअघि सीलले अन्य बजारहरूमा पनि राम्रो प्रतिक्रिया पाइसकेको छ । यो गाडी विशेष गरी पर्यावरणीय दृष्टिकोणले लाभदायक छ, किनभने यसले शून्य उत्सर्जन गर्दछ ।

यसमा एडभान्स्ड सेफ्टी फिचर्स पनि समावेश रहेको कम्पनीको दाबी छ, जसले चालक र यात्रुहरूको सुरक्षा सुनिश्चित गर्दछ ।​

बीवाईडीले आफ्नो नयाँ मोडललाई सिंगापुरको बजारमा प्रतिस्पर्धात्मक मूल्यमा ल्याएको छ । यो गाडी स्थानीय उपभोक्ताहरूको लागि किफायती र आकर्षक विकल्प बन्न सक्ने अनुमान गरिएको छ ।

यसले सिंगापुरको इलेक्ट्रिक भेइकल बजारमा थप विविधता र प्रतिस्पर्धा ल्याउने अपेक्षा गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्