
सर्लाहीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
चट्याङ लागेर गम्भीर घाइते भएकी बागमती नगरपालिका– १ की ६४ वर्षीया गोमा आले मगरको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज बिहान आफ्नै खेतमा काम गरिरहेको अवस्थामा मगरलाई चट्याङ लागेको थियो ।
उनको उपचारका क्रममा पर्साको वीरगन्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
यसैबीच, चट्याङबाट लालबन्दी नगरपालिका– १७ गैरी टोलका मङ्गल कामीको घरमा क्षति पुगेको छ ।
यस्तै बुधबार परेको चट्याङबाट इश्वरपुर नगरपालिका– १३ र १६ का ६ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।