२९ जेठ २०८३, शुक्रबार

गृहसचिव रेग्मीलाई मुख्यसचिव बनाउने तयारी

कात्तिक २०, २०७४
गृहसचिव रेग्मीलाई मुख्यसचिव बनाउने तयारी
काठमाडौँ, ६ कात्तिक- सरकारले गृहसचिव लोकदर्शन रेग्मीलाई मुख्यसचिवमा नियुक्त गर्ने तयारी गरेको छ । वर्तमान मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले ७ कात्तिकमा उमेरहदका कारण अनिवार्य अवकाश पाउने भएपछि सरकारले रेग्मीलाई नयाँ मुख्यसचिवमा नियुक्त गर्ने तयारी गरेको हो ।lokdarshan-regmi १
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक शाखा स्रोतले रेग्मीलाई मुख्यसचिवमा नियुक्त गर्ने फाइल तयार भइसकेको जनाएको छ । बैठक शाखा स्रोतले सोमबारको मन्त्रिपरिषद् बैठकमा एजेन्डा प्रस्तुत हुने र सोही बैठकले नयाँ मुख्यसचिव तोक्ने जनाएको छ, नयाँ पत्रिकामा खबर छ ।

मुख्यसचिव क्षेत्रीले समेत सोमबार नै नयाँ मुख्यसचिव नियुक्त हुने बताएका छन् । क्षेत्रीले भने, ‘सोमबार मेरो कार्यकालअन्तर्गतकोे मन्त्रिपरिषद्को अन्तिम बैठक हो । म अवकाश पाएर जाँदै छु । बैठकमा मुख्यसचिव नियुक्त गर्नुस् भन्छु । त्यसको तयारी मैले पनि गरेर जान्छु । को नियुक्त गर्ने भन्ने मन्त्रिपरिषद्कोे क्षेत्राधिकार हो ।’

salt training

कमेन्ट गर्नुहोस्