११ असार २०८३, बिहीबार

पहिरोले मध्यपहाडी राजमार्ग र कालीगण्डकी 'करिडोर' अबरुद्ध

असार १५, २०८१
बाग्लुङ
पहिरोले मध्यपहाडी राजमार्ग र कालीगण्डकी 'करिडोर' अबरुद्ध

भीषण वर्षासँगै खसेको पहिरोले दुईवटा राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन् ।  मध्यपहाडी पुष्पलाल राजमार्ग र कालीगण्डकी करिडोरको बागलुङ खण्ड अबरुद्ध भएका हुन् ।  

कालीगण्डकी करिडोरअन्तर्गत बाग्लुङ नगरपालिका–१० दब्ल्याङमा बाटो अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए । 

मध्यपहाडी राजमार्गअन्तर्गत बाग्लुङका विभिन्न स्थानमा पहिरो खस्दा बाटो अबरुद्ध भएको छ । मध्यपहाडी राजमार्गको काठेखोला गाउँपालिका–६ इनारपानी, गलकोट नगरपालिका–३ बतासे डाँडा, गलकोट नगरपालिका–९ गल्याङ र बडिगाड गाउँपालिका–२ हाँडीखोलामा पहिरोले रडक पूर्ण रूपले अबरुद्ध भएको छ । 

पहिरोका कारण बागलुङ– कुश्मीशेरा सडकको दव्ल्याङ खण्ड पनि अबरुद्ध भएको छ ।  बाटो खोल्ने प्रयास जारी रहेको सूचना अधिकारी यादवले बताए ।

salt training

कमेन्ट गर्नुहोस्