०५ साउन २०८३, मंगलबार

भारतको तमिलनाडुस्थित पटका कारखानामा विष्फोट, ४ जनाको मृत्यु

असार १५, २०८१
काठमाडौं
भारतको तमिलनाडुस्थित पटका कारखानामा विष्फोट, ४ जनाको मृत्यु

भारतको दक्षिणी राज्य तमिलनाडुको एउटा पटका कारखानामा शनिबार भएको विस्फोटमा कम्तीमा चार जनाको मृत्यु भएको छ । अन्य केही घाइते भएका अधिकारीले बताएका छन् ।

विस्फोट तमिलनाडुको राजधानी चेन्नईबाट ५ सय ५३ किलोमिटर दक्षिण-पश्चिममा रहेको विरुधुनगर जिल्लाको सतूर नजिकैको बन्दुवरपट्टी गाउँमा भएको थियो ।

प्रहरीका अनुसार विस्फोट केही व्यक्ति कारखानामा काम गरिरहेका थिए । विस्फोटका कारण कारखानामा आगो लागेको थियो ।​

घटनालगत्तै आगो नियन्त्रणका लागि दमकल तथा उद्धारकर्मी घटनास्थलमा पुगेका थिए ।

कारखानामा १५ वटा कोठा रहेको अधिकारीहरूले बताएका छन् । यसमध्ये कम्तीमा तीन वटा आगोले पूर्णरूपमा जलेर नष्ट भएका छन् ।

विस्फोटबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्