१७ असार २०८३, बुधबार

महाकाली नदीमा माछा मार्न गएका १ जना बेपत्ता

असार १६, २०८१
कञ्चनपुर
महाकाली नदीमा माछा मार्न गएका १ जना बेपत्ता

कञ्चनपुरमा महाकाली नदीमा बगेर आज दिउँसो एक जना बेपत्ता भएका छन् ।

महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माण कम्पनीमा कार्यरत मजदुर माछा मार्न महाकाली गएका बेला बगेर बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार महाकालीमा बगेर सुर्खेतको बराहताल गाउँपालिका–४ साजघाटका धनबहादुर गुरुङ बेपत्ता भएका हुन् ।

बेपत्ता गुरुङको खोजी गर्न प्रहरीले गोताखोर टोली परिचालन गरेको छ ।

कम्पनीमै कार्यरत अन्य मजदुरसँग उनी माछा मार्न महाकाली गएका थिए ।

वर्षाका कारण महाकाली नदीमा पानी बहाव बढेकाले खोजबिन गर्न प्रहरीलाई समस्या भएको छ ।

कमेन्ट गर्नुहोस्