२९ जेठ २०८३, शुक्रबार

सुनसहित भारतीय नागरिक पक्राउ

असार १६, २०८१
काठमाडौं
सुनसहित भारतीय नागरिक पक्राउ

अवैध रूपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको २ सय २० ग्राम तौलको सुनको बाला ४ थान र औंठी १ थानसहित भारतीय नागरिक ३२ वर्षीया बेथलेहमलाई प्रहरीले पक्राउ गरेको छ ।  

फ्लाई दुबाईको उडानद्वारा दुबईबाट काठमाडौं आएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिई जाँच गर्दा चाँदीको लेप लगाईएको उक्त धातुका गहनासहित प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्