०५ साउन २०८३, मंगलबार

शिक्षा मन्त्रालयद्वारा कन्सल्टेन्सी नवीकरण गर्न आवेदन माग

असार १६, २०८१
काठमाडौं
शिक्षा मन्त्रालयद्वारा कन्सल्टेन्सी नवीकरण गर्न आवेदन माग

 शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एजुकेसन कन्सल्ट्यान्सी नवीकरणका लागि आवेदन माग गरेको छ ।

मन्त्रालयले आइतबार सूचना जारी गर्दै शैक्षिक परामर्श सेवा, पूर्व तयारी कक्षा तथा भाषा शिक्षण सम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थाहरुलाई नवीकरण गर्न आवेदन आह्वान गरेको हो ।

सूचना अनुसार संस्थाहरुले नवीकरणको लागि अनलाइनमार्फत आवेदन दिनुपर्नेछ । पहिलो चरणमा १६ असार देखि ५ साउनसम्म संस्थाहरुले भरेका विवरण ६ साउनदेखि १२ सम्म भेरिफिकेसन गर्ने मन्त्रालयको योजना छ । उक्त सूचना भेरिफिकेसन भएपछि २७ साउनसम्म संस्थाहरुले इमेल मार्फत कागजात पेश गर्नुपर्ने हुन्छ ।
नवीकरण बापत प्रति वर्ष तीन हजार रुपैयाँ मन्त्रालयको नाममा बैंकमा जम्मा गर्नु पर्ने सूचनामा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्