०९ असार २०८३, मंगलबार

कर्णाली प्रदेशसभाः प्रतिपक्षको अवरोधबीच बजेटमाथिको छलफल सकियो

असार १६, २०८१
सुर्खेत
कर्णाली प्रदेशसभाः प्रतिपक्षको अवरोधबीच बजेटमाथिको छलफल सकियो

प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधकैबीच कर्णाली प्रदेश सरकारको बजेटमाथिको छलफल सकिएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको आज बसेको सोह्रौं बैठकमा बजेटमाथिको छलफल सकिएको हो । 

 सभामुख नन्दा गुरुङले बैठकको कारबाही प्रारम्भ गरेलगत्तै प्रतिपक्ष दल नेपाली कांगे्रसका प्रदेशसभा सदस्यहरुले उठेर बैठक विरोध जनाएका थिए । त्यसैबीचमा सभामुख गुरुङले दलको तर्फबाट धाराणा राख्न दिएपछि प्रदेशसभा सदस्य बेदराज सिंहले धारणा राखे । उनले प्रतिपक्षीले उठाएका विषयवस्तुहरु सम्बोधन गर्नुको साटो सदनलाई जबर्जस्त चलाउन खोजेको आरोप लगाए । 

    सरकार र प्रतिपक्षीबीच छलफल नभई बैठक सञ्चालन भएको आरोप लगाउँदै सदस्य सिंहले विगतका सहमति कार्यान्वयन गर्न, वार्ता, छलफल र नागरिकलाई केन्द्रबिन्दुमा राखेर बजेट पारित गर्नुपर्नेमा जोड दिए । उनले सदनमा उब्जिएका विषयहरु समाधानोन्मुख हुँदा पनि ती विषयहरुमा समाधान गर्न नखोजिनु दुर्भाग्य भएको बताए । प्रतिपक्षीलाई बेवास्ता गरी सरकार अगाडि बढ्न खोजे सदन अगाडि बढ्न नदिने चेतावनी दिए ।
    प्रतिपक्षीको धारणा सकिएलगत्तै सभामुख गुरुङले आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीलाई सदनमा उठेका विषयहरुमाथि जवाफ दिन समय दिइन् । प्रतिपक्षी दल काँग्रेसले योजनामन्त्री केसीलाई रोष्ट्रममा जान अवरोध ग¥यो । अवरोधका क्रममा मर्यादापालकहरुको सहयोगमा मन्त्री केसीले रोष्ट्रममा पुगेर सदनमा उठेका विषयमा जवाफ दिएकाे बताइएको छ ।

    मन्त्री केसीले जवाफ दिएसँगै सभामुख गुरुङले आगामी आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान बजेटमाथिको सामान्य छलफल समाप्त भएको बताउँदै प्रदेशसभाको अर्को बैठक सोमबार दिउँसो ३ः०० बजेका लागि स्थगित भएको जानकारी दिइन् । 

salt training

कमेन्ट गर्नुहोस्