०९ असार २०८३, मंगलबार

'राष्ट्रको लागि २ घन्टा अभियान'मा जोडियो एलओडी क्लब

असार १७, २०८१
काठमाडौं
'राष्ट्रको लागि २ घन्टा अभियान'मा जोडियो एलओडी क्लब

काठमाडौंको ठमेलस्थित एलओडी क्लबले सामाजिक उत्तर दायित्वअन्तर्गत 'राष्ट्रको लागि २ घन्टा अभियान' मा सहभागिता जनाएको छ । 

वातावरण प्रदूषण न्यूनीकरण गर्न कार्यक्रममा सहभागिता जनाउँदै क्लबका उपाध्यक्ष राजु सिंह, निर्देशक भुपेन शमशेर कुँवर र अभियानको तर्फबाट अध्यक्ष मधु ढुंगेलले हस्ताक्षर गरेका हुन् ।

प्रत्येक शुक्रवार वातावरण प्रदूषणसम्बन्धी सचेतनामूलक जिङ्गल तथा सन्देशमूलक भिडियो युवाहरूमाझ क्लबमा देखाउनुपर्ने सम्झौता भएको हो । क्लबमा अन्य बारभन्दा शुक्रवार मनोरञ्जन गर्न आउनेको संख्या बढी हुने भएकाले भिडियोले अभियानमा थप बल पुग्ने विश्वास गरेको छ ।

जसअन्तर्गत वातावरण प्रदूषणले पृथ्वीमा रहेका प्राणी तथा जैविक विविधतामा कस्तो असर परेको छ भनेर देखाइनेछ । 

मानवीय क्रियाकलापबाट सिर्जित बढ्दो सहरीकरण, फोहोरमैला र जनसंख्याको तीव्र वृद्धि नै वातावरण प्रदूषणका कारक रहेकाले आफ्नो वरिपरिको वातावरण सफा राख्न समस्त युवा तथा सचेत नागरिक  एक हुनुपर्ने क्लबका निर्देशक कुँवरले बताए । 

सम्झौताले क्लबलाई वातावरण तथा राष्ट्र निर्माणमा क्लब अझ जिम्मेवार बन्न प्रेरित गरेको उनले विश्वास व्यक्त गरे ।

अहिले जलवायु परिवर्तन सबैभन्दा ठूलो चुनौती बनेको अवस्थामा मानवीय क्रियाकलाप सबैभन्दा बढी महत्वपूर्ण हुने उनले बताए । २ घन्टा अभियान' वातावरण सफाइ गर्न जोड्यो

salt training

कमेन्ट गर्नुहोस्