
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले नयाँ सरकार गठनको प्रक्रिया शुरू हुनेवित्तिकै सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
कांग्रेस र एमालेले नयाँ सत्ता समीकरण बनाउने सहमति गरेलगत्तै रास्वापाले सचिवालय बैठकले नयाँ सरकार गठनको प्रक्रिया शुरू हुनेवित्तिकै सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
‘सरकार परिवर्तनको प्रक्रिया अघि बढेपछि हामी स्वभाविक रूपमा सरकारबाट बाहिरिन्छौं,’ रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भने, ‘अब बन्ने सरकारले पनि राजनीतिक स्थायित्व दिँदैन । हामी यस्तो सरकारमा जाँदैनौं ।’