०६ असार २०८३, शनिबार

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

असार १८, २०८१
काठमाडौं
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

नयाँ सत्ता समीकरणमा एमालेसँग समझदारी भएपछि नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

सोमबार एमालेसँग सहमति गरेपछि बुधबार बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवासमा बस्ने गरी कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।

बुधबार बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा बस्ने गरी बैठक आह्वान गरिएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको पनि सहभागिता रहने छ ।

salt training

कमेन्ट गर्नुहोस्