२७ जेठ २०८३, बुधबार

विगतमा नेदरल्यान्ड्स हाबी, मनोबल उच्च रहेको रोमानिया ‘सरप्राइज’ नतिजाको लक्ष्यमा

असार १८, २०८१
काठमाडौं
विगतमा नेदरल्यान्ड्स हाबी, मनोबल उच्च रहेको रोमानिया ‘सरप्राइज’ नतिजाको लक्ष्यमा

जर्मनीमा जारी युरोकप फूटबल प्रतियोगिताको प्रिक्वार्टरफाइनलअन्तर्गत मंगलवार राति रोमानिया र नेदरल्यान्ड्सबीच खेल भइरहेको छ ।

यो खेल नेपाली समयअनुसार राति ९ः४५ बजे म्युनिखस्थित एलिनाज एरिनामा हुनेछ । 

समूहमा तेस्रो हुँदै अन्तिम १६ मा पुगेको भएपनि नेदरल्यान्ड्स फिफा वरीयतामा रोमानियाभन्दा ४० स्थान माथि छ । 

विगतमा पनि नेदरल्यान्ड्स रोमानियामाथि हाबी हुँदै आएको छ । यसअघि भएका १४ वटा भेटमा रोमानियाले एउटा मात्र जीत निकालेको छ । १० खेलमा पराजित हुँदा ३ खेल भने बराबरीमा सकिएका छन् । 

अन्तिमपटक २०१७ मा मैत्रीपूर्ण खेलमा भेट हुँदा नेदरल्यान्ड्सले रोमानियालाई ३–० गोल अन्तरले पराजित गरेको थियो ।  

यसर्थ आज राति पनि रोमानियामाथि नेदरल्यान्ड्स हाबी हुने फूटबल पण्डितहरूको विश्लेषण छ । नेदरल्यान्ड्स सोही योजनासहित मैदानमा उत्रने छ ।

यद्यपि, बेल्जियमजस्तो टोली रहेको समूहमा विजेता बन्दै अन्तिम १६ मा पुगेकाले रोमानियाको मनोबल उच्च छ । उ आज राति अर्को ‘सरप्राइज’ नतिजा निकाल्ने ध्याउन्नमा हुनेछ ।

अन्तिम १६ कै अर्को खेलमा मंगलवार मध्यराति अस्ट्रिया र टर्की आमनेसामने हुँदैछन् । यो खेल १२ः४५ मा शुरू हुनेछ । 


 

salt training

कमेन्ट गर्नुहोस्