२५ जेठ २०८३, सोमबार

जर्जियामा अभ्यासका क्रममा सैनिक विमान दुर्घटनाः पाइलटको मृत्यु

असार १८, २०८१
काठमाडौं
जर्जियामा अभ्यासका क्रममा सैनिक विमान दुर्घटनाः पाइलटको मृत्यु

टिब्लिसी–एउटा प्रशिक्षण अभ्यासका क्रममा विमान दुर्घटना हुँदा एक जर्जियाली सैन्य पाइलटको मङ्गलबार मृत्यु भएको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ ।

‘सू–२५ जेट हवाई रक्षा कम्पोनेन्टहरू सम्मिलित सैन्य प्रशिक्षणका क्रममा दुर्घटनाग्रस्त भयो,’ मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, ‘हवाई सेनाका पाइलट काखाबेर जुराबासभिलीको दुःखदरूपमा मृत्यु भयो ।’

घटनाको कारण पत्ता लगाउन अनुसन्धान शुरू गरिएको मन्त्रालयले बताएको छ ।

सू–२५ जेट एक सबसोनिक, एकल–सीट, ट्विन–इन्जिन जेट विमान हो । यो सन् १९७५ मा सोभियत सङ्घमा स्ठल सेनाहरूका लागि प्रयोग गरिएको थियो ।

यसले सन् १९७८ मा टिब्लिसीको टिबिलाविमशेनी विमान निर्माण कारखानामा ठूलो मात्रामा उत्पादन शुरू गरेको थियो ।

सन् २०२२ मा जर्जियाको सीमा प्रहरीको हेलिकप्टर उत्तरी शीतकालीन रिसोर्ट शहर गुडौरीनजिक दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै आठ जनाको मृत्यु भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्