![नेपाल आइडल विजेता करण परियारको पहिलो गीत सार्वजनिक [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/Karan_Pariyar_1st_songs_Y0l3ws0nqo.png)
गायन रियालिटी शो नेपाल आइडल सिजन ५ का विजेता करण परियारको पहिलो गीत सार्वजनिक भएको छ।
प्रदीप चापागाईँको प्रस्तुति रहेको 'सुस्तरी' बोलको गीतमा चापागाईँकै शब्द तथा सिडी विजय अधिकारीको संगीत छ ।
युट्युबमार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा आकाश श्रेष्ठ र प्रिज्मा खतिवडाको अभिनय गरेका छन् ।
आइडलका जज न्य्हू बज्राचार्यको संगीतमा करणले पहिलो गीत रेकर्ड गराइसकेका थिए । तर ‘सुस्तरी’ गीत पहिले सार्वजनिक भएको छ ।
गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् ।
भिडियो: