१२ साउन २०८३, मंगलबार
मनसुनी वायुको प्रभाव

काठमाडौंमा निरन्तर झरी : केही आन्तरिक उडान प्रभावित, नदी र खोलामा बाढीको जोखिम

असार २२, २०८१
काठमाडौं
काठमाडौंमा निरन्तर झरी : केही आन्तरिक उडान प्रभावित, नदी र खोलामा बाढीको जोखिम

काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा रातिदेखि निरन्तर वर्षा भइरहेको छ । 

काठमाडौं उपत्यकाका विभिन्न वर्षा मापन केन्द्रमा रातिदेखि नै मध्यम तथा भारी वर्षा मापन भएको बढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

निरन्तरको वर्षाले काठमाडौं उपत्यकाका विभिन्न खोलामा पानीको सतह बढेको छ । ललितपुरस्थित खोड्कु खोला झरुवारासी जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको महाशाखाले जनाएको छ । 

यस्तै, काठमाडौंका बाग्मती, ​धोबिखोलालगायत नदीमा पानीको सतह बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ । थप वर्षा हुन सक्ने सम्भावना रहेकोले उपत्यकाको नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

निरन्तरको वर्षाका कारण केही हवाई उडानसमेत प्रभावित भएका छन् । वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने केही आन्तरिक उडान प्रभावित भएका हुन् । 

काठमाडौंबाट लुक्ला, सुर्खेत, भरतपुर, पोखरा, भैरहवा र भोजपुरलगायत ठाउँका विभिन्न उडान ढिलाई भएको विमानस्थल कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार अन्तर्राष्ट्रिय उडान भने नियमित छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्