१७ असार २०८३, बुधबार
मनसुन सक्रिय

काठमाडौंमा निरन्तर झरी : नदी र खोलामा बहाब बढ्यो, सबै करिडोरमा प्रहरीको गस्ती [भिडियोसहित]

तीनवटै जिल्लाका सुरक्षाकर्मी परिचालनका लागि तयारी अवस्थामा
असार २२, २०८१
काठमाडौं
काठमाडौंमा निरन्तर झरी : नदी र खोलामा बहाब बढ्यो, सबै करिडोरमा प्रहरीको गस्ती [भिडियोसहित]

अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका खोला तथा नदीमा जलसतह बढेको छ । नदीमा जलसतह बढेसँगै सम्भावित जोखिम भएको क्षेत्रमा सुरक्षाकर्मी खटिएका छन् । 

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले उपत्यकाका करिडोर क्षेत्रमा सम्भावित जोखिम रोक्न प्रहरीको गस्ती थालिएको जानकारी दिए । 'बाढीले नदीका तटीय क्षेत्रका बासिन्दालाई पर्नसक्ने असर र  जोखिमलाई मध्यनजर गरेर सबै करिडोरमा गस्ती थालिएको छ ,' उनले भने ।  

null

उनले वाग्मती, विष्णुमती, मनहरा, हमुमन्तेलगायत सबै नदी खोलाका करिडोरमा अहिले प्रहरीको गस्ती जारी रहेको जानकारी दिए । अहिलेसम्म उपत्यकामा विपद्जन्य घटना नभएको उनले जानकारी दिए । 

तीनवटै जिल्लाका सुरक्षाकर्मीलाई परिचालनका लागि तयारी अवस्थामा राखिएको पनि प्रवक्ता मैनालीले बताए । 'यो बेलामा घटना भइहाल्न सक्छन्, त्यसलाई ध्यानमा राखेर टोली तयारी अवस्थामा छन्, कतैबाट सूचना आउनेवित्तिकै परिचालन हुन्छन्,' उनले भने ।

हेरौं भिडियोः 

 

 

salt training

कमेन्ट गर्नुहोस्