२३ असार २०८३, मंगलबार

सप्तरीको बलान नदीमा फसेका ६ जनाको उद्धार

असार २३, २०८१
सप्तरी
सप्तरीको बलान नदीमा फसेका ६ जनाको उद्धार
फाइल तस्वीर

सप्तरीको बलान नदीको बाढीमा फसेका ५ किसानको उद्धार गरिएको छ ।

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले २४ गाईवस्तुसँगै उनीहरूको उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गजुसिद्दी बज्राचार्यले जानकारी दिए।

सप्तरीको बलानबिहुल गाउँपालिका–४ बेल्हीस्थित खेतमा धान रोप्न गएका किसान बाढीमा फसेका थिए ।

दुई दिनदेखि लगातार भइरहेको वर्षाका कारण बलान नदीमा पानीको बहाव बढेको छ ।

सो क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्