१५ असार २०८३, सोमबार

चिनियाँ कम्युनिस्ट पार्टीले सी चिनफिङको दोस्रो कार्यकाल स्वीकार ग–यो

कात्तिक २०, २०७४
चिनियाँ कम्युनिस्ट पार्टीले सी चिनफिङको दोस्रो कार्यकाल स्वीकार ग–यो

काठमाडौं, ७ कात्तिक — चीनका राष्ट्रपति सी चिनफिङलाई त्यहाँको कम्युनिस्ट पार्टीले दोस्रो कार्यकाल चलाउने स्वीकृति दिएको छ ।


मंगलवार पार्टी महाधिवेशनको अन्तिम दिन सीलाई दोस्रो कार्यकाल दिलाएपछि पार्टीले उनको समर्थन पाएका नयाँ नेताहरूलाई पनि नियुक्त गरेको छ ।

महाधिवेशनमा २३ सय ५० भन्दा बढी प्रतिनिधिहरू ग्रेट हल अफ द पिपुलमा भेला भएका थिए ।

कम्युनिस्ट पार्टीका पहिलो र दोस्रो वरीयताका नेताहरू सी चिनफिङ र प्रधानमन्त्री ली खछ्याङले अर्को पाँच वर्षको कार्यकाल पाएका छन् । सात सदस्यीय स्थायी समितिका लागि पाँच नयाँ सदस्यहरू नियुक्त हुने भएका छन् । स्थायी समितिले नै देशमा शासन चलाउँछ ।

सन् २०१२ मा सत्तामा आएका सी र ली सन् २०२२ सम्म सत्तारूढ रहनेछन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्