१६ असार २०८३, मंगलबार

मलेसियामा नेपाली कामदार बाेकेका दुई बस जुधे, ८ को मृत्यु

कात्तिक २०, २०७४
मलेसियामा नेपाली कामदार बाेकेका दुई बस जुधे, ८ को मृत्यु

काठमाडौं, ७ कात्तिक - मलेसियाको पेनाङमा नेपाली सहित विदेशी कामदार बोकेका दुई वटा बस दुर्घटनामा परेका छन् । दुई बस एक आपसमा जुध्दा ८ जनाको ज्यान गएको मलेसिया प्रहरीले जनाएको छ । हालसम्म मृत्यु हुनेहरुको नाम सार्वजनिक गरिएको छैन ।

त्यसैले कुन देशका कामदारको ज्यान गयो भनेर एकिन हुन समेत सकेको छैन । क्वालालम्पुरमा रहेको नेपाली दूतावासले पनि अहिलेसम्म केही पनि बोलेको छैन ।

सोनी कम्पनीको कारखानामा काम गर्ने नेपाली र इण्डोनेसियाका कामदार बोकेका बस एक आपसमा जुधेका हुन् । दुर्घटनामा अरु ४० जना कामदार घाइते भएका छन् ।

मृत्यु हुनेहरुको विवरण नखुलेको भएपनि मृत्यु हुने सबै महिला रहेको मलेसियाको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्