३१ जेठ २०८३, आइतबार

पेनाङमा नेपाली कामदारको ज्यान गएको छैन: दूतावास

कात्तिक २०, २०७४
पेनाङमा नेपाली कामदारको ज्यान गएको छैन: दूतावास

काठमाडौं, ७ कात्तिक - मलेसियाको पेनाङमा भएको बस दुर्घटनामा नेपाली कामदारको ज्यान नगएको क्वालालम्पुर स्थित नेपाली दूतावासले जनाएको छ ।

नेपाली र इन्डोनेसियाली कामदार बोकेका दुई बस एक आपसमा जुध्दा ८ जनाको ज्यान गएको थियो । ज्यान गुमाउनेहरु नेपाली नरहेको दूतावासले जनाएको हो ।

सोनी कम्पनीको कारखानामा काम गर्ने नेपाली र इण्डोनेसिया का कामदार बोकेका बस एक आपसमा जुधेका थिए । दुर्घटनामा अरु ४० जना कामदार घाइते भएका छन् । घटनाको थप विवरण आउने क्रममा रहेको दूतावासले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्