०४ असार २०८३, बिहीबार

१० बटा स्वदेशी बस्तुले धाने नेपालको निर्यात व्यापार

असार २६, २०८१
काठमाडौं
१० बटा स्वदेशी बस्तुले धाने नेपालको निर्यात व्यापार

अधिकांश वस्तुको निर्यात घटिरहेका बेला १० बटा स्वदेशी बस्तुले नेपालको निर्यात व्यापार धानेका छन्।

व्यापार तथा निकासी प्रबर्धन केन्द्रको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षका ११ महिनामा नेपालबाट सबैभन्दा धेरै निर्यात हुने १० बटा वस्तु रहेका छन् ।
११ महिनामा कुल निर्यात तीन प्रतिशतले घटेर एक खर्ब ३२ अर्ब २६ करोड २३ लाख ३३ हजार रुपियाँको निर्यात हुँदा १० बस्तुको निर्यात बढेको छ । केन्द्रको तथ्याङ्क अनुसार ११ महिनामा १० बस्तुको निर्यात ४० अर्ब रुपियाँभन्दा बढीको भएको छ ।

केन्द्रका अनुसार ११ महिनामा आइरन तथा स्टिलको निर्यात ५९.८ प्रतिशतले बढेर १५ अर्ब १ करोड ८७ लाख ५५ हजार रुपियाँ बराबरको निर्यात भएको छ ।
यस्तै जुस निर्यात ३० प्रतिशतले बढेर सात करोड रपियाँ अर्ब २६ करोड ३० लाख बराबरको निर्यात भएको केन्द्रको तथ्याङ्क छ ।

यस्तै प्लाइउड निर्यात ६० प्रतिशतले बढेर छ अर्ब ६८ करोड १४ लाख रुपियाँ बराबरको निर्यात भएको छ । यस्तै रेडिमेट गार्मेन्ट १२ प्रतिशतले बढेर आठ अर्ब १५ करोड ९५ लाख रुपियाँको निर्यात भएको छ।
 यस्तै सिमेन्ट निर्यात ४८४ प्रतिशतले बढेर एक अर्ब ८३ करोड २४ लाख ७१ हजार रुपियाँ बराबरको निर्यात भएको छ . गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्