१५ असार २०८३, सोमबार

मन्त्रालय फेरि बाँडफाँड, कार्की र बस्नेतले पाए परराष्ट्र र गृहको जिम्मेवारी

कात्तिक २०, २०७४
मन्त्रालय फेरि बाँडफाँड, कार्की र बस्नेतले पाए परराष्ट्र र गृहको जिम्मेवारी

काठमाडौं, ७ कात्तिक - प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । माओवादी मन्त्रीहरुलाई विना विभागीय मन्त्री बनाएसँगै देउवाले खाली भएका मुख्य मन्त्रालयहरु गृह र परराष्ट्रको जिम्मा कांग्रेस मन्त्रीहरुलाई नै दिएका छन् ।

देउवाले सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई गृह मन्त्रालयको समेतको जिम्मेवारी दिएका छन् भने अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई परराष्ट्र मन्त्रालयको पनि जिम्मा दिएका छन् ।

माओवादीले सम्हालेका अरु मन्त्रालय देउवाले यस अघि नै राप्रपाका मन्त्रीहरुलाई सुम्पिएका थिए । कमल थापालाई उपप्रधानसहित ऊर्जा, दीलनाथ गिरीलाई सहरी विकास, विक्रम थापालाई महिला तथा बालबालिका र जयन्त चन्दलाई आपूर्ति मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्