०३ साउन २०८३, आइतबार

रास्वपा रवि लामिछाने क्लबमा हाइज्याक भयो– मुकुल ढकाल

असार २६, २०८१
काठमाडौं
रास्वपा रवि लामिछाने क्लबमा हाइज्याक भयो– मुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कारबाही गरेका महामन्त्री डा. मुकुल ढकालले रास्वपा रवि लामिछाने क्लबमा हाइज्याक भएको टिप्पणी गरेका छन् ।

आफूमाथि गरिएको कारबाही गैरकानूनी भएको उनले बताए ।

पार्टीले कारबाही गरेपछि बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी ढकालले रास्वपा पार्टीभन्दा रवि लामिछाने क्लबमा परिणत भएको बताएका हुन् ।

‘रास्वपा रवि लामिछाने क्लबमा हाइज्याक भएको छ । रवि लामिछाने क्लबबाट निस्कासन भएको हुँ, कानूनी रूपमा पार्टी महामन्त्री म नै छु,’ ढकालले भने ।

ढकालले आफूलाई गरिएको निलम्बनको प्रक्रिया राजनीतिक दलसम्बन्धी ऐन र रास्वपाको विधानविपरीत भएको दाबी गरे ।

‘स्पष्टीकरणका लागि दिइएको समय अगावै मलाई कारबाही गरिएको छ, यो स्वतः गैरकानूनी हो,’ ढकालले भने ।

salt training

कमेन्ट गर्नुहोस्