१५ असार २०८३, सोमबार

तत्कालीन अनुसन्धान अधिकृत बस्नेत भ्रष्टाचार मुद्दामा दोषी ठहर

असार २६, २०८१
काठमाडौं
तत्कालीन अनुसन्धान अधिकृत बस्नेत भ्रष्टाचार मुद्दामा दोषी ठहर

राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेत नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतले बुधबार बस्नेतलाई भ्रष्टाचार निवारण ऐन २०१७ अनुसार दोषी ठहर गरेको हो।

विशेषले उनलाई पाँच हजार जरिवाना गरेको छ ।

बस्नेतले माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय, प्रयागराज, भारतबाट जारी भएको हाईस्कूल तहको नक्कली प्रमाणपत्र पेस गरी विभागमा सहायक निरीक्षक पदको ओहदा, लाभ र सुविधा लिएको अभियोगमा उनी दोषी ठहर भएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्