३१ असार २०८३, बुधबार

पहिरोले घर पुरिएर बागलुङमा एक जनाको मृत्यु

असार २७, २०८१
बाग्लुङ
पहिरोले घर पुरिएर बागलुङमा एक जनाको मृत्यु


वर्षाका कारण पहिरोले घर पुरिँदा बागलुङमा एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–७ तितौरेमा गए राति पहिरोमा घर पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो ।

शर्मा घरमा एक्लै बस्दै आएको बागलुङ–७ का वडाध्यक्ष मेघनाथ गैरेले जानकारी दिए । आज बिहान छिमेकीले थाहा पाएपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए ।  

salt training

कमेन्ट गर्नुहोस्