१० असार २०८३, बुधबार

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने जनमत पार्टीको निर्णय

असार २७, २०८१
काठमाडौं
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने जनमत पार्टीको निर्णय

सीके राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

बिहीबार बसेको पार्टी बैठकले उक्त निर्णय गरेको जनमतका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए ।

नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ समीकरण बनेसँगै एमालेलगायतका दलहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् ।

सरकारमा सहभागी दलहरूले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले यही असार २८ गते संसद्‌मा विश्वासको मत माग्दै छन् ।

तर उनले विश्वासको मत पाउने सम्भावना न्यून छ ।

salt training

कमेन्ट गर्नुहोस्