०७ असार २०८३, आइतबार

बस्ती पस्न थाल्यो बलान नदीको बाढी

असार २७, २०८१
काठमाडौं
बस्ती पस्न थाल्यो बलान नदीको बाढी
फाइल फोटो

सिरहा र सप्तरीको सिमानामा बग्ने बलान नदीको बस्तीमा पस्ने गरेको छ ।

चुरे मूल भएको यो नदीमा सर्रे, खुट्टी र मुतनी, झिझिर, चहकालगाएतका सानाठूला खोला मिसिन्छन् । वर्षातमा नदी आसपासका सिरहा र सप्तरीका कयौँ बस्ती डुबानमा पर्ने गरेका छन् ।

'जमिनको लालपुर्जा छ, तर जमिन छैन । दशकौंदेखि गरिखाने जमिन बाढीले बगायो,' लहान नगरपालिका—२३ बसनपुरका गङ्गाप्रसाद यादवले भने ।

यादवको करिब १५ वर्षअघिसम्म तीन बिघा खेत थियो ।​

बलान नदीले उर्वर जमिन बर्सेनि कटान गरेपछि अहिले उनको बिचल्ली भएको छ । आठ कट्ठा आँपको बगैँचा रहेको जग्गा पछिल्लो दुई दिनमा बाढीले कटान गर्‍यो । 

बाढीले जग्गा कटान गरेपछि सञ्जयकुमार यादवको अवस्था पनि गङ्गाप्रसादको जस्तै छ । बाढीले १० बिघा जमिन कटान गरेको उनको भनाइ छ ।

बाढीले बाँकी रहेको घर जग्गा बगाउने उनले चिन्ता व्यक्त गरे ।

सञ्जय र गङ्गाप्रसादको जस्तै बलान नदी तटीय क्षेत्रका सयौं परिवारको बिचल्नी छ । इटहर्वा, भगवानपुर, तिलेबोनालगायत गाउँ बलान नदीको बाढीको चपेटामा छन् । 

कमेन्ट गर्नुहोस्