११ असार २०८३, बिहीबार

प्रेस स्वतन्त्रताको संरक्षण र प्रवर्द्धनमा काउन्सिल प्रतिबद्ध छ : अध्यक्ष बस्नेत

असार २७, २०८१
काठमाडौं
प्रेस स्वतन्त्रताको संरक्षण र प्रवर्द्धनमा काउन्सिल प्रतिबद्ध छ : अध्यक्ष बस्नेत

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिलले सामाजिक सञ्जाल प्रयोग गरी चलेका सञ्चार माध्यमबाट हुने प्रेस स्वतन्त्रता दुरुपयोग आफ्नो नियमनको दायरामा पर्ने प्रष्ट पारेका छन् ।

परम्परागत तथा न्यु मिडियाले दिने विषयवस्तु, पत्रकार/सञ्चारकर्मीको व्यवहार र पत्रकारितामा देखिएका विभिन्न विकृति विसङ्गतिका विषयमा काउन्सिलले नै बोल्नुपर्ने उनले बताए। 

प्रेस काउन्सिल नेपालद्वारा आज आयोजित ‘प्रेस स्वतन्त्रताको अवस्था र चुनौती’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले यस्तो बताएका हुन् ।

काउन्सिलले प्रेस स्वतन्त्रताको संरक्षण गर्ने भए पनि पत्रकारले समेत सीमामा बसेर लेख्नुपर्ने उनको भनाइ थियो ।

स्रोतसाधनको सीमितता हुँदाहुँदै पनि काउन्सिलले काम गरिरहेको उनले बताए । 'आफ्नो ठाउँबाट एक कदम बढेर पनि काउन्सिलले काम गरिरहेको छ,' उनले भने ।

काउन्सिलले प्रेस स्वतन्त्रताको संरक्षण र प्रवर्द्धनमा संविधान र कानूनले दिएको जिम्मेवारी पूरा गरिरहेको अध्यक्ष बस्नेतको भनाइ थियो ।

जिम्मेवार निकायले आ–आफ्नो भूमिका निर्वाह गर्दा प्रेस स्वतन्त्रता हननका घटना नदोहरिने सुनिश्चितता हुने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्