०९ असार २०८३, मंगलबार

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा दुई जनाको उम्मेदवारी

असार २७, २०८१
काठमाडौं
ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा दुई जनाको उम्मेदवारी

 ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा दुई जनाले उम्मेदवारी दिएका छन् । 

परिषद्को यही असार ३१ गते हुन लागेको २८ र २९ औँ साधारणसभा एवम् अधिवेशनका लागि आज परिषद्का वर्तमान अध्यक्ष भविश्वर शर्मा र पूर्वमहासचिव धुव्र अधिकारीले उम्मेदवारी दिएका हुन्  ।

      यस्तै, तीन उपाध्यक्ष पदका लागि सहदेव (विमल) धमला, राजिव पाण्डे, चेतनाथ पुडासैनी र श्रीकृष्ण थपलिया, महासचिवमा बद्रीप्रसाद तिमल्सिना र सोजेशमान मालाकारको उम्मेदवारी परेको निर्वाचन अधिकृत उमादेवी प्रसाईँले जानकारी दिइन् । यस्तै, सचिवमा पुण्यराम लागेजु र दिलिप (मिलन) कंडेल, कोषाध्यक्षमा प्रकाश थपलियाको उम्मेदवारी परेको छ ।

सदस्यमा कोपिला सिंखडा, रोशन अधिकारी, कुमार नेपाली, पूर्णप्रसाद चौलागाई, विनोद श्रेष्ठ, अमृत थोकर (लामा), सानुकाजी महर्जन, रमेश विश्वकर्मा, रंजयमान प्रधान, नविन तामाङ, सुदर्शन खनाल, जनकसिंह तामाङ, बद्रीप्रसाद अर्याल र लालबाबु चौधरीको उम्मेदवारी परेको निर्वाचन अधिकृत प्रसाईँले बताइन् ।

 निर्वाचनमा एक हजार एक सय ९३ जनाले मताधिकार प्रयोग गर्न पाउनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्