२२ जेठ २०८३, शुक्रबार

आइजीपी अर्याल विरुद्ध सर्वोच्चमा रिट

कात्तिक २०, २०७४
आइजीपी अर्याल विरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, ७ कात्तिक – प्रहरी महानिरीक्षक प्रकाश अर्याल विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अर्याल विरुद्ध हदैसम्मको कारबाही माग गर्दै रिट दायर गरेका हुन् ।

सर्वोच्च अदालतबाट जन्मकैदको सजायँ सुनाइएका माओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ नगरेको भन्दै त्रिपाठीले रिट हालेका हुन् । यस अघि त्रिपाठीकै रिटमा सर्वोच्चले एक हप्ता भित्र ढुंगेललाई समाउन प्रहरी महानिरीक्षकको नाममा परमादेश जारी गरेको थियो ।

न्याय प्रशासन ऐन २०७३ अनुसार अर्याल दोषी करार भएमा उनलाई एक वर्षसम्म कैद वा १० हजार जरिवाना हुने छ । फौजदारी मुद्दामा दोषी करार भएमा अर्यालयको प्रहरी महानिरीक्षक पद पनि धरापमा पर्ने छ ।

salt training

कमेन्ट गर्नुहोस्