१५ असार २०८३, सोमबार
प्रतिनिधि सभा बैठक

प्रचण्डप्रति रमेश लेखकको कटाक्ष– प्रतिपक्षमा राख्नुपर्ने नेतालाई ठीक ठाउँमा नराखी गल्ती गरिएछ

असार २८, २०८१
काठमाडौं
प्रचण्डप्रति रमेश लेखकको कटाक्ष– प्रतिपक्षमा राख्नुपर्ने नेतालाई ठीक ठाउँमा नराखी गल्ती गरिएछ

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले पुष्पकमल दाहाल 'प्रचण्ड'लाई संसद्‌मा प्रतिपक्षमा नराखी प्रधानमन्त्री बनाउनु गल्ती भएको टिप्पणी गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा प्रचण्डले विश्वासको मत माग्ने प्रस्ताव पेश गरेपछिको छलफलमा लेखकले प्रचण्ड प्रतिपक्षमा बस्न सुहाउने व्यक्ति भएको टिप्पणी गरेका हुन् ।

‘मेरो सम्मानित नेता प्रचण्डको भाषण सुन्दा उहाँलाई ठीक ठाउँमा नराखेर गल्ती गरिएछ, अब प्रतिपक्ष कमजोर नहुने भयो,’ लेखकले भने ।

त्यसअघि प्रचण्डले संसद्को पहिलो र दोस्रो दल मिल्नु लोकतन्त्रका लागि खतराको विषय भएको बताएका थिए ।

कांग्रेस नेता लेखकले राजनीतिक स्थायित्वका लागि कांग्रेस एमाले मिलेको बताए ।

प्रतिनिधि सभा बैठकमा विश्वासको मतमाथिको छलफल चलिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्