०७ असार २०८३, आइतबार

संसद्‌मा प्रधानमन्त्री प्रचण्डले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुँदै

असार २८, २०८१
काठमाडौं
संसद्‌मा प्रधानमन्त्री प्रचण्डले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले शुक्रबारको बैठकमा सम्बोधनसहित प्रस्तुत गरेको उक्त प्रस्तावमा अहिले दलीय आधारमा छलफल प्रारम्भ भइरहेको छ । 

सभामुख देवराज घिमिरेले उक्त प्रस्तावको छलफलका लागि दुई घण्टा समय निर्धारण गरेका छन् । ​

छलफलपश्चात मत विभाजनका आधारमा मतदान हुनेछ ।

तर प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने सम्भावना न्यून छ । 

नेपाली कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने सहमति गरेसँगै एमाले सरकारबाट बाहिरिएको थियो । 

एमाले र जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्