
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संविधानको धारा ७६(२) अनुसारको प्रधानमन्त्री नियुक्त गर्ने तयारी भएको छ ।
राष्ट्रपति भवन शीतल निवास स्रोतका अनुसार कांग्रेस र एमालेका नेताहरु शुक्रबार राति ९ बजे प्रधानमन्त्रीमा दाबी पेश गर्न पुगेका छन् । राष्ट्रपति कार्यालयमा विधिवत रुपमा दाबी पेश भएपछि आवश्यक निर्णय गरेर ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्ने तयारी भएको हो ।
यसअघि प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत पाउन नसकेपछि उनी पदमुक्त भएका थिए । लगत्तै राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।