०७ असार २०८३, आइतबार

भारतका लागि नेपाली राजदूत भन्छन्, निर्वाचनमा भारतको पूर्ण सहयोग छ

कात्तिक २०, २०७४
भारतका लागि नेपाली राजदूत भन्छन्, निर्वाचनमा भारतको पूर्ण सहयोग छ

काठमाडौँ, ७ कात्तिक - भारतका लागि निर्वतमान नेपाली राजदूत दीपकुमार उपाध्यायले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा भारतको पूर्ण सहयोग, समर्थन र सद्भाव रहेको बताउनुभएको छ । 

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो —“बाम गठबन्धन निर्वाचनका लागि मात्र भएको र यसलाई भारतले पनि सहज रुपमा लिएको छ भन्नुभयो ।” 

“नेपालको निर्वाचनलाई लिएर भारत सरकारले पनि औपचारिक रुपमा समर्थन, सद्भाव र सहयोग रहन्छ भनेको छ, त्यसैले भारतप्रति नेपालले कहिल्यै शंका गर्नु हुँदैन्,” उहाँले भन्नुभयो— “निर्वाचन गर्ने जिम्मेवारी हाम्रो हो, यो अभिभारा नेपाली आफैंले लिनुपर्छ, अरुलाई शंका गर्नु हुँदैन् ।” 

पूर्वराजदूत उपाध्यायले आगामी संसदीय निर्वाचनमा जो जिते पनि वा हारे पनि नेपाली काँग्रेस एक्लै लड्नुपर्छ भन्दै “निर्वाचनमा मुलुकले जित्नुपर्छ, जनताले जित्नुपर्छ भन्ने पक्षमा काँग्रेस छ,” बताउनुभयो । 

दुई वर्षे कुटनीतिक यात्राबाट आफूले विश्राम लिएर राजनीतिमै फर्किएको बताउँदै उहाँले आफूले दिएको राजीनामा सोमवार मात्र स्वीकृत भएकाले पुनः राजनीतिमा नै सक्रिय हुन नैतिक बन्धनबाट खुल्ला भएको महशुस आफूले गरेको छु भन्नुभयो ।

कमेन्ट गर्नुहोस्