०४ साउन २०८३, सोमबार

गैँडाकोटमा भेटिए दुई शव

असार २९, २०८१
काठमाडौं
गैँडाकोटमा भेटिए दुई शव

पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–७ स्थित खोला किनारमा शनिबार​ दुईवटा शव फेला परेका छन् । नदी किनारको बालुवामा आधा गाडिएको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

स्थानीयले खबर गरेपछि अहिले ती शवहरू चितवन ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

ती शवहरू शुक्रबार बिहान नारायणगढ–मुग्लिन सडकअन्तर्गत सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई बसका यात्रु रहेको हुनसक्ने प्रहरीको आशंका छ । 

यद्यपि उनीहरूको पहिचान भने खुलिनसकेको प्रहरीको भनाइ छ । 

काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौं आउँ गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसँगै त्रिशूलीमा खसेर बेपत्ता छन् । 

काठमाडौंबाट गौर जाँदै गरेको बसमा २७ तथा वीरगन्जबाट काठामाडौंतर्फ आउँदै गरेको बसमा २४ यात्रु रहेको स्थानीय प्रशासनले जनाएको छ । 

हिजोदेखि नै खोजी गर्दासमेत बेपत्ता बस र यात्रु भेटिएका छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्