काठमाडौं, ८ कात्तिक - कर्मचारीको स्वैच्छिक अवकाशका लागि मात्रै कम्तीमा २६ अर्ब ४० करोड रुपैयाँ खर्च हुने देखिएको छ ।

राज्यकोषबाट यति धेरै रकम एकै पटक दिन नसक्ने भएपछि सरकारले दातृ निकाय गुहारेको छ । सहायताका लागि सामान्य प्रशासन र अर्थ मन्त्रालयले विभिन्न दातृ निकायसँग छलफलसमेत थालिसकेका छन् ।
सरकारले न्यूनतम ब्याजमा विभिन्न दातृ निकायसँग ऋण लिएर कर्मचारीलाई स्वैच्छिक अवकाशबापतको रकम प्रदान गर्न गृहकार्य अघि बढाएको सामान्य प्रशासन मन्त्रालयका संघीयकरण हेर्ने सहसचिव प्रकाश दाहालले जानकारी दिए, अन्नपूर्ण पोस्टमा खबर छ ।