१५ असार २०८३, सोमबार

प्रदेश प्रमुख शर्माले गरे अर्थसम्बन्धी दुई विधेयक प्रमाणीकरण

असार ३०, २०८१
हेटौंडा
प्रदेश प्रमुख शर्माले गरे अर्थसम्बन्धी दुई विधेयक प्रमाणीकरण

बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश सभाबाट पारित भएका अर्थसम्बन्धी दुई विधेयक प्रमाणीकरण गरेका छन् ।

उनले प्रमाणीकरण गरेका विधयेकमध्ये आव २०८१/०८२ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक, २०८१ रहेको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए ।

ती दुई विधेयक प्रदेश प्रमुख शर्मासमक्ष प्रमाणीकरण गर्न प्रदेश सभाका सभामुख भुवनकुमार पाठक र प्रमुख सचिव कृष्णहरि खड्काले हस्ताक्षरगरी पठाएका थिए ।

प्रदेश प्रमुख शर्माले दुवै विधेयक आइतबार प्रमाणीकरण गरेका प्रदेश सभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्