०९ साउन २०८३, शनिबार
नयाँ सरकार गठन

केपी ओली प्रधानमन्त्री नियुक्त, भोलि शपथ

असार ३०, २०८१
काठमाडौं
केपी ओली प्रधानमन्त्री नियुक्त, भोलि शपथ

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार अपरान्ह ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । 

कांग्रेसका ८८ र एमालेका ७८ गरी १६६ सांसदको समर्थनसहित दाबी पेश गरेका ओलीलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेका हुन् । पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ  । 

धारा ७६ (२) मा राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ । 

नवनियुक्त प्रधानमन्त्री ओलीले सोमबार बिहान ११ बजे शीतल निवासमा आयोजित कार्यक्रमबीच पद तथा गोपनीयताको शपथ लिने छन् ।

यसअघि २०७२, २०७४ र २०७८ मा गरी ओली तीनपटक प्रधानमन्त्री भएका थिए । यो उनको चौथो कार्यकाल हो ।

असार १७ गते राति कांग्रेस र एमालेले सत्ता सहकार्य गर्ने सहमति गरेका थिए ।

null

salt training

कमेन्ट गर्नुहोस्