२५ जेठ २०८३, सोमबार

लोसपाबाट शरतसिंह भण्डारी मन्त्री बन्ने

असार ३१, २०८१
काठमाडौं
लोसपाबाट शरतसिंह भण्डारी मन्त्री बन्ने

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट शरतसिंह भण्डारी मन्त्री बन्ने भएका छन् । उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्न लागेको लोसपाका एक नेताले जानकारी दिए । लोसपाको संसद्‌मा चार सांसद छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शपथसँगै मन्त्रिपरिषद् गठनको तयारी गरेका छन् । कांग्रेस र एमालेका साथै लोसपा र जसपालाई पनि सरकारमा समेट्ने उनको तयारी छ । 

जसपाबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लागेको छ । जसपाबाट प्रदीप यादव  र नवलकिशोर साह सुडी मन्त्री बन्ने भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्