०१ असार २०८३, सोमबार

२ खर्ब ३६ अर्ब ८० करोड रुपैयाँ लगानी गरेको नागरिक लगानी कोषले १४ प्रतिशत बोनस सेयर दिने

असार ३१, २०८१
काठमाडौं
२ खर्ब ३६ अर्ब ८० करोड रुपैयाँ लगानी गरेको नागरिक लगानी कोषले १४ प्रतिशत बोनस सेयर दिने

  नागरिक लगानी कोषको २९ औँ वार्षिक साधारण सभा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ । 

सभाले आर्थिक वर्ष २०७९/८० को आम्दानी बाँडफाँड हिसाब विवरणमा छुट्याएको प्रस्तावित १४ प्रतिशत बोनस सेयर र शून्य दशमलव ७३६८ प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ । 

त्यसैगरी आ.व २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । योसँगै लेखा परीक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल गरी पारित भएको छ ।

 सभामा कोष सञ्चालक समितिका अध्यक्ष थापाले कोषले वित्तीय बजार र पुँजी बजारमा कोषले नेतृत्वदायी भूमिका खेलेको बताए । उनले मानव संसाधन विकासलाई उच्च प्राथमिकता दिएको बताए । 

 बैंक रिकन्सिलेसन कार्यको लागि छुट्टै टोली बनाई अगाडि बढिरहेको उनले जानकारी दिए । उनले कोषमा विद्यमान सम्भावना तथा अवसरको उपयोग गर्दै समस्या एवं चुनौतीहरूलाई समाधान गरी लगानीलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रममा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले कोषको वस्तुस्थिति बारे जानकारी दिए भने भने सेयर धनीहरूबाट उठाइएका विषयहरू तथा सुझावहरूका सम्बन्धमा थप पुष्टयाइँ गरे । 

साधारण सभामा प्रस्तुत विवरण अनुसार आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम २ खर्ब ४८ अर्ब १ करोड रुपैयाँ पुगेको छ । उक्त अवधिमा कोषले २ खर्ब ३६ अर्ब ८० करोड रुपैयाँ लगानी गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्